भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु
खजुरा । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ ।
अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को हालै सुरुआत गरेको हो । अस्पतालमा देनिक सयौँको सङ्ख्यामा बिरामी सेवाग्राहीको घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न अस्पतालले अनलाइन टिकट सेवाको सुरुआत गरेको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।
“अस्पतालको ओपिडीमा दैनिक एक हजारभन्दा बढी बिरामी सेवा लिन आउने गर्नुहुन्छ, उहाँहरूले टिकट लिनका लागि ठेलमठेल गर्नुपर्ने बाध्यता रहेको छ”, उनले भने, “घण्टौँसम्म लाइन लाग्ने बाध्यतालाई न्यूनीकरण गरेर सेवाग्राहीलाई सुविधा प्रदान गर्न अनलाइन टिकेट सेवा सुरु गरेका छौँ, ।
मेसु थापाका अनुसार सेवाग्राहीले परीक्षण गराउन चाहेको रोगको उपचारका लागि सम्बन्धित चिकित्सक र कोठा नम्बरसमेत वेबसाइटमा राखिएको छ । वेबसाइटमा गइसकेपछि सेवाग्राहीले आवश्यक जानकारीसहितको फाराम भर्नुपर्नेछ । सेवाग्राहीले फाराम भरिसकेपछि सेवा शुल्कबापत रु ३० अनलाइनबाटै बुझाउनुपर्ने र आफूले चाहेको समयमा टिकट बुक गर्न पाउनेछन् ।
सेवा शुल्क बुझाइसकेपछि एउटा टोकन नम्बर अनलाइनबाटै पाइने र सो टोकनलाई अस्पतालमा लगेर देखाएपछि तत्काल सेवा पाउने व्यवस्था गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।
उनका अनुसार अस्पतालको सेवालाई थप गुणस्तरीय र समयसापेक्ष बनाउन थप सुविधा विस्तार गर्दै लगिएको छ । अनलाइन टिकेट सेवा भने चौबिसै घण्टा खुल्ला राखिएको अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया