NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दाबी

एजेन्सी । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेको रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

ती सैनिकहरूलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।

मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।