नेप्सेमा भारी अंकको गिरावट, १० अर्ब ५१ करोडको कारेबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५३.६३ अङ्कले घटेर दुई हजार ५ सय ९५ दशमलव ९३ अङ्कमा कायम भएको छ ।
आज तीन सय ३७ कम्पनीका २ करोड ६२लाख ४६ हजार ४३५ कित्ता शेयर एक लाख ३० हजार ६३२ पटक खरिद बिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज म्युचल फण्डबाहेकको सबै उपसमूह रताम्मे भएका छन् । म्युचल फण्ड ०.८० प्रतिशतले बढेको छ ।
आइतबार सुपर मे हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रोपावरका लगानीकरर्ताले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमका आधारमा गुडवील फाइनान्सको सबैभन्दा धेरै ५२ करोड ३१ लाख १० हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख ५१ हजार, नेपाल फाइनान्सको ३३ लाख ३४ करोड १३ हजार, अपि पावर २६ करोड ७३ लाख १८ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया