ग्राहकलाई छुट दिनेसम्बन्धमा ६ कम्पनीसँग महालक्ष्मी विकास बैंकको सम्झौता
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारा आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा ३० वर्षदेखि अनवरत रुपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई छुट दिने गरी स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ।
सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापछि कसमस रिट्रट्स प्रालि चाबहिलमा जन्म दिन, विवाद, ब्रतबन्ध पार्टीलगायत उत्ससवका लागि केकको मूल्यमा १५ प्रतिशत छुट पाइने भएको छ।
यसैगरी श्रीराम हस्पिटल वीरगञ्जमा ओपिडीमा ३० प्रतिशत र ल्यावमा २० प्रतिशत छुट पाइने भएको छ। यसैगरी हेटौंडाको सीएमसी चुरे हस्पिटल, वीरगन्जको होटल भिषुवा, काठमाडौं नयाँ बानेश्वरको शितल चौतारी होटल एन्ड रेस्ट्रो र अल्फा डेन्टलमा पनि १० देखि २० प्रतिशतसम्म छुट पाइने भएको छ । यसरी बैंकले काठमाडौं, वीरगन्ज लगायत विभिन्न ६ वटा कम्पनीहरुसँग एकै पटक छुट सम्बन्धी सम्झौता गरेको हो ।
ती कम्पनीहरुले दिने सेवासुविधामा महालक्ष्मी विकास बैंकका ग्राहकले बैंकको डेबिट कार्ड/क्रेडिट कार्ड साथै मोबाइल बैंकिङको प्रयोग गरी सेवा लिएमा आकर्षक छुट पाउने भएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया