रियलमीको डिलर्स मीट सम्पन्न

काठमाडौ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मीट सफलतापूर्वक सम्पन्न गरेको छ । गत शुक्रबार भाद्र १४ गते काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मीटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरु सहभागी भएका थिए ।
आफ्ना डिलरहरुसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिलर्स मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिलर्सहरुसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।
डिलर्स मीटलाई सम्बोधन गर्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च, मुनिश गिरी ज्यूले भने, ‘हाम्रो छैठौं वार्षिकोत्सव एवम् वार्षिक डिलर्स मीटको अवसरमा यसरी भेटघाट हुन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । यहाँ उपस्थित हुनु भएका समस्त डिलर्सहरु, साझेदारहरू र फ्यानहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । तपाईंहरु नै हाम्रो ब्रान्डको मेरुदण्ड हो र तपाईंहरुको उत्साह, विश्वास र लगनशीलताको प्रतिफल स्वरुप यो वर्ष हामीले उल्लेखनीय उपलब्धिहरु हासिल गरेका छौँ । साथै, हामीले भारत र नेपालभर रियलमीको उपस्थितिलाई अझ बलियो बनाएका छौं, र तपाईंहरुको निरन्तर सहयोगले हामी आगामी वर्षहरूमा अझ ठूलो उचाइमा पुग्नछौँ र नेपाली प्रविधिमा नयाँ आयाम थप्दै अझै प्रतिबद्ध भएर अगाडि बढ्नेछौँ ।’
डिलर्स मिटको शुरुवात भावपूर्ण गणेश वन्दना नृत्यबाट गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीहरुका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोलीको पनि उपस्थति रहेको थियो । कार्यक्रमको अन्त्यमा तिगडी ब्यान्डले अविस्मरणीय सांगीतिक प्रस्तुति दिएको थियो ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया