काउन्सेलर र श्रम सहचारीमा आवेदन माग
काठमाडौं । सरकारले राजदूतावास, महावाणिज्य दूतावासहरूका लागि सात काउन्सेलर र श्रम सहचारी पदमा आवेदन माग गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै नेपाली राजदूतावास, दक्षिण कोरिया, कतार र मलेसियाका लागि १/१ काउन्सेलर र संयुक्त अरब इमिरेट्स, मलेसिया, ओमान र नेपाली महावाणिज्यदूतावास, साउदी अरेबियाका लागि १/१ श्रम सहचारीमा आवेदन आह्वान गरेको हाे ।
मन्त्रालयले काउन्सेलर तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।
ताजा अपडेट
-
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित



प्रतिक्रिया