मिस्टर युनिभर्सका लागि सुरेश देवा पुने प्रस्थान
काठमाडाैं । मिस्टर युनिभर्समा भाग लिन नेपालका चर्चित फिटनेश ट्रेनर सुरेश देवा भारतको पुने प्रस्थान गरेका छन् । आगामी अप्रिल १५ देखि १७ सम्म पुनेमा आयोजना हुन लागेको मिस्टर युनिभर्समा सहभागीका लागि उनी पुने प्रस्थान गरेका हुन् ।
उक्त युनिभर्समा संसारभरका १ सय ९२ देशबाट सहभागिता हुँदैछ । मिस्टर युनिभर्स एशियामै पहिलोपटक हुन लागेकाले पनि यसको चर्चा बढेको छ । मिस्टर युनिभर्सका लागि देवासँगै मरिसमान लामाको पनि सहभागिता रहने छ । लामा विल्डिङमा सहभागिता जनाउनेछन् भने देवाले मेन्स फिजिक १ सय ७१ सिएम क्याटोगरीमार्फत सहभागिता जनाउनेछन् ।
देवाले यसअघि वल्र्ड च्याम्पियनशिप, आर्नल क्लासिक एशिया, ओलपिया अमाच्युअर, एशियन च्याम्पियनशिप, एशियन विज, नेशनल च्याम्पिनयनशिप २०७५ लगायतमा सहभागिता जनाइसकेका छन् भने उनी यसपटक लामो समयको तयारीपछि मिस्टर युनिभर्समा सहभागिता जनाउन लागेका हुन् ।
यदि मिस्टर युनिभर्स जितेमा देवाले प्रो–कार्ड प्राप्त गर्नेछन् । यो गेमका लागि उनले ३ वर्षदेखि तयारी गरिरहेका थिए । विशेष गरेर युरोप अमेरिकामा हुने यो कार्यक्रम पहिलोपटक एशियामा हुन लागेको हो ।
देवा र लामालाई नेपाल ओलम्पिक कमिटीले पनि एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।
ताजा अपडेट
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
रविले बोलाए सर्वदलीय बैठक
-
नेपाल–भारतबाट चाँडै उच्चस्तरीय भ्रमण हुने अपेक्षा छ : परराष्ट्रमन्त्री
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण


प्रतिक्रिया