अवरुद्ध कान्तिलोकपथ खुल्यो
मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया