फेरि बढ्यो सुनको भाउ
काठमाडौं । सुनको मूल्य पुनः वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रु. १ हजार ३०० रूपैयाँले सुनको भाउ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३०० रूपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला १ लाख ५२ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो ।
सुनले मूल्यमा बनाएको यो नयाँ रेकर्ड हो । यसअघि गत भदौ १३ गते सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँ पुगेको थियो ।
उता, सुनको मूल्य वृद्धि भइरहँदा चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार चाँदी १ हजार ७९५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७६५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया