फेरि बढ्यो सुनको भाउ
काठमाडौं । सुनको मूल्य पुनः वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रु. १ हजार ३०० रूपैयाँले सुनको भाउ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३०० रूपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला १ लाख ५२ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो ।
सुनले मूल्यमा बनाएको यो नयाँ रेकर्ड हो । यसअघि गत भदौ १३ गते सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँ पुगेको थियो ।
उता, सुनको मूल्य वृद्धि भइरहँदा चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार चाँदी १ हजार ७९५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७६५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया