नेपाली कथानक चलचित्र ‘ज्ञान शास्त्र’ को शुभमुहूर्त सम्पन्न
काठमाडाैं । नेपाली कथानक चलचित्र ‘ज्ञान शास्त्र’को शुभमुहूर्त सम्पन्न गरेको छ । आइतवार ईच्छाकामना गाउँ पालिकाको दारेचोकमा अवस्थित ईच्छाकामनामा मन्दिरमा आइतवार शुभमुहूर्त गरिएको हो ।
ऋषि पंचमीको अवसर पारेर पूजाआजासहितको मुहूर्तमा फिल्मका प्रमुख कलाकार समिर झा र स्मारिका ढकालले मुहूर्त सट दिएका हुन् ।
शुभमुर्हत समारोहमा स्मारिका ढकाल र समिरखानको अलावा निर्देशक दिनेस कुंवर, निर्माता प्रेम बहादुर श्रेष्ठ, लेखक आभास राना , निर्माण नियन्त्रक भोला सुवेदी (प्रणब) का साथै कलाकारहरु अनुज गुप्ता, साजल बर्तौला, साजन कार्की लगायतको उपस्थिति रहेको थियो |
विकास बराल र प्रेमबहादुर श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुनलागेको यो चलचित्रमा नायक समिर खान र नायिकाद्वय स्मारिका ढकाल तथा पूर्णिमा थापाको प्रमुख भूमिका रहने छ ।
पछिल्लो समय टिकटक हुदै मोडलिंङ खेत्रमा अत्यधिक चर्चामा आएकी स्मारिका ढकालले यस चलचित्रबाट सिने क्षेत्रमा डेब्यु गर्न लागेका हुन् । यस्तै, चलचित्रको मुख्य कलाकारमा सुशील पोख्रेल, सुरवीर पण्डीत, सुवास गजुरेल, श्याम राई, रविन्द्र झा, नरेश पौड्याललगायत रहेका छन् ।
आभास रानाको लेखेन रहेको यस चलचित्रको निर्माण नियन्त्रकको रूपमा भोला सुवेदी (प्रणब) रहनेछन् । मुख्य सहायक निर्देशकमा बिनयराज पौडेल छन् । त्यसैगरी कृष्ण भण्डारी शर्माको शब्द रहेको यस चलचित्रको गीतमा संगीत शिव के परियारले भर्नेछन् भने चलचित्रलाई विष्णु परियारले छायांकन गर्दै छन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया