सिके राउतको पार्टीका महासचिवले भेटे गृहमन्त्री
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र सिके राउत नेतृत्वको जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा विसं २०७५ फागुनमा सरकार र तत्कालीन सिके राउत समूहबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा भेटवार्ता भएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।
भेटमा गृहमन्त्री खाँणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आएकामा खुसी व्यक्त गरे । साथै उनले स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको बताए ।
सहमति कार्यान्वयनका लागि चाँडै अर्को बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ । गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया