सिके राउतको पार्टीका महासचिवले भेटे गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र सिके राउत नेतृत्वको जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा विसं २०७५ फागुनमा सरकार र तत्कालीन सिके राउत समूहबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा भेटवार्ता भएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।
भेटमा गृहमन्त्री खाँणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आएकामा खुसी व्यक्त गरे । साथै उनले स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको बताए ।
सहमति कार्यान्वयनका लागि चाँडै अर्को बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ । गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया