वीरगञ्ज महानगर अध्यक्षसहित ३ जना माओवादीको साधारण सदस्यबाटै निष्कासित
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वीरगञ्ज महानगरपालिका कमिटीका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ । निष्कासित हुनेमा अधयक्ष अन्सारीसँगै उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी छन् ।
उनीहरूलाई पार्टी कार्यालय तोडफोड गरेको अभियोगमा पर्सा जिल्ला समन्वय समितिले बुधवार साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।
जिल्ला इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले संयुक्त वक्तव्य निकाल्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका छन् ।
‘अध्यक्ष अन्सारीलगायत तीन जना अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने काममा संलग्न रहेको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टी कार्यालय तोडफोड गरी जिल्लाका नेताहरूलाई गालीगलौज गराउनुको साथै देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा पार्टीलाई बदनाम गराउन खोजेको छन् ।’
रहबर अन्सारी यसअघि वीरगञ्जमा माओवादीको मेयर उम्मेदवार बनिसकेका मानिस हुन् । अहिले पनि उनी मेयरका दाबेदार थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया