प्रधानमन्त्री ओलीलाई बालेनले दिए बाल दिवसको शुभकामना !
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्यंग्य गर्दै बाल दिवसको शुभकामना दिएका छन् । बालिकामाथि अन्याय गर्नेलाई कारबाहीमा हस्तक्षेप गरेको भन्दै उनले यस्तो शुभकामना दिएका हुन् । शनिबार बालदिवस हो ।
उनले फेसबुकमा लेखेका छन्,‘पीडित बालिकाहरुले प्रम( खडग प्रसाद ओली ) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’
नेकपा(एमाले)की लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माको घरबाट महानगरले एक बालिकाको उद्धार गरी शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । तर, प्रधानमन्त्री ओलीको दबाबका कारण प्रहरीले शर्मालाई पक्राउ नगरेको आरोप बालेनको छ । सोही विषयमा उनले ओलीका कारण बालिकाले न्याय नपाएर मुर्न परेको उल्लेख गरेका हुन् ।




प्रतिक्रिया