काठमाडौंसहित वाग्मती प्रदेशभर भाडा बढ्यो, कहाँको कति ?
काठमाडौं । काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशभर सार्वजनिक सवारी साधनको भाडा वृद्धि भएको छ । वाग्मती प्रदेश सरकारले समायोजन गरेको यो भाडा आजदेखि लागू भएको छ ।
पाँच किलोमिटरसम्मको २० रूपैयाँ, १० किलोमिटरसम्मको २५ रूपैयाँ र १५ किलोमिटरसम्मको ३० रूपैयाँ कायम गरिएको छ । अब २० किलोमिटरसम्मको यात्रा गर्दा ३३ र २० भन्दा माथि ३८ रूपैयाँ तिर्नुपर्नेछ ।
त्यसैगरी, ट्याक्सीको भाडा पनि समायोजन गरिएको छ । नयाँ भाडादर अनुसार, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रूपैयाँ बनाइएको छ । अब ट्याक्सीले प्रतीक्षा शुल्क पनि लिन पाउने भएका छन् । त्यसका लागि प्रतिमिनेट १ रूपैयाँ २० पैसा तोकिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया