काठमाडौंसहित वाग्मती प्रदेशभर भाडा बढ्यो, कहाँको कति ?
काठमाडौं । काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशभर सार्वजनिक सवारी साधनको भाडा वृद्धि भएको छ । वाग्मती प्रदेश सरकारले समायोजन गरेको यो भाडा आजदेखि लागू भएको छ ।
पाँच किलोमिटरसम्मको २० रूपैयाँ, १० किलोमिटरसम्मको २५ रूपैयाँ र १५ किलोमिटरसम्मको ३० रूपैयाँ कायम गरिएको छ । अब २० किलोमिटरसम्मको यात्रा गर्दा ३३ र २० भन्दा माथि ३८ रूपैयाँ तिर्नुपर्नेछ ।
त्यसैगरी, ट्याक्सीको भाडा पनि समायोजन गरिएको छ । नयाँ भाडादर अनुसार, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रूपैयाँ बनाइएको छ । अब ट्याक्सीले प्रतीक्षा शुल्क पनि लिन पाउने भएका छन् । त्यसका लागि प्रतिमिनेट १ रूपैयाँ २० पैसा तोकिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया