मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित थिए । विश्वासको मत प्रक्रियामा दुई प्रदेशसभा सदस्य तटस्थ रहेको र बाँकी अनुपस्थित रहेकाे सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ ।
कोशी प्रदेशसभामा नेकपा (एमाले) का ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सदस्य छन् ।
गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया