मन्त्रिपरिषद् बैठकः सचिवको सरुवा र बढुवा
काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको सरुवा र बढुवाको निर्णय गरेको छ । बैठकले चार सचिवको सरुवा गरेको छ ।
कृषि मन्त्रालयका डा.दीपक कुमार खराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । वनका डा.गोविन्द शर्माको कृषि मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै, उर्जा मन्त्रालयका गोपाल प्रसाद सिग्देलको जल तथा उर्जा आयोग तथा आयोगमा कार्यरत सुरेश आचार्यलाई उर्जा मन्त्रालयमा जिम्मेवारी दिइएको छ ।
बरिष्ठतम् सहसचिव कमल पोखरेलको सचिवमा बढुवा भएको एक मन्त्रीले जानकारी थिए ।
त्यस्तै, सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वायन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
ताजा अपडेट
-
बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव, भारी वर्षाको सम्भावना
-
एनपीएलको उद्घाटन दिनको टिकट ३० मिनेटमै ‘सोल्ड आउट’
-
एनपिएलको टिकट इसेवाबाट किन्न सकिने, कति छ मूल्य ?
-
मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
-
यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे


प्रतिक्रिया