म्हैपीमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मैह्पी करिडोर नजिकै सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । ग.१४ प ६४४३ नम्बरको मोटरसाइकल र बा.४ ख८६८५ नम्बरको मिनि ट्रक एकआपसमा ठक्कर खाई बुधबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाग्लुङ, बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय बिनोद खड्काको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव, भारी वर्षाको सम्भावना
-
एनपीएलको उद्घाटन दिनको टिकट ३० मिनेटमै ‘सोल्ड आउट’
-
एनपिएलको टिकट इसेवाबाट किन्न सकिने, कति छ मूल्य ?
-
मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
-
यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे


प्रतिक्रिया