NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

म्हैपीमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मैह्पी करिडोर नजिकै सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । ग.१४ प ६४४३ नम्बरको मोटरसाइकल र बा.४ ख८६८५ नम्बरको मिनि ट्रक एकआपसमा ठक्कर खाई बुधबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाग्लुङ, बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय बिनोद खड्काको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष