झापामा पचास करोड राजस्व संकलन
झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।
अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताए। “साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७ दशमलव ६१ प्रतिशत राजस्व सङ्कलन भयो । चालु आवको पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन भएन” उनले भने ।
उक्त कार्यालयले आयकरबाट रु १५ करोड ७६ लाख १४ हजार, ब्याजबापत रु दुई करोड ६१ लाख १७ हजार, मूल्य अभिवृद्धि करबापत रु २० करोड १६ लाख ८७ हजार अन्तःशुल्कबापत रु १० करोड ७८ लाख आठ हजार सङ्कलन गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया