NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

घुस लिने–दिने दुवैलाई कैद सजाय

काठमाडौं । घुस लिने–दिने दुवै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बाँकेको सब डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धे र उनलाई घुस दिने मकरध्वज पाण्डे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले बुधबार यससम्बन्धि मुद्दामा फैसला गर्दै पार्धे र पाण्डेलाई जनही सात हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको हो ।

पार्धेविरुद्ध गत २९ फागुनमा र पाण्डेविरुद्ध यही १६ असारमा मुद्दा दर्ता भएको थियो । पार्धेले काठ चिरानको सिफारिस गरिदिन भनी सेवाग्राहीसँग घुस–रिसवत मागिरहेको सूचना आयोगको बुटवलस्थित कार्यालयमा परेको थियो।

त्यहाँबाट खटिएको टोलीले पार्धेलाई सात हजार रुपैयाँसहित पक्राउ गरेको थियो। पछि अख्तियारमा उजुरी दिने पाण्डेले अदालतमा भने बयान फेरेका थिए। सोही कारण घुस दिने पनि दोषी ठहर भएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष