टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु
सिमकोट । सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ ।
विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पु¥याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
खार्पुदोभानमा एक महिना रोकिएको तीन सय पाँच क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरीचौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उनले बताए। नेपाल विद्युत् प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि दुईवटा विद्युत् पोल पनि उपलब्ध गराएको छ ।
सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्नसम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बहोर्ने अध्यक्ष भण्डारीले बताए । ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ पुगेका छन् ।
उक्त स्थानमा रहेको टावरले नाम्खाका तीनवटा वडा र सिमकोटका दुई वडामा सेवा प्रवाह गरिरहेको छ । नाम्खा गाउँपालिकाका–१, २, ३ र सिमकोट गाउँपालिका–७, ८ नं वडाका नागरिकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन् । यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर काम नगर्दा नागरिकले गुणस्तरीय टेलिफोन सेवा पाएका थिएनन् । घाम लागेको समयमा काम गरे पनि अन्य समयमा भने सेवा अवरुद्ध हुँदै आएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया