समयसीमा कटेका त्रिविका विद्यार्थीलाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे नतिजा रद्द
काठमाडौं । वार्षिक प्रणालीअन्तर्गत २०५८ र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीले एक पटकका लागि मौका परीक्षा दिन पाउने भएका छन् ।
त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष तथा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले परीक्षा दिने समयसीमा कटेका परीक्षार्थीलाई अन्तिम माैका दिने निर्णय गरेकाे हाे ।
त्रिवि शिक्षाध्यक्षकाे कार्यालयका अनुसार, याे निर्णयबाट मानविकी तथा समाजशास्त्र, शिक्षा व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीले एक पटक मौका परीक्षा दिन सक्नेछन् ।
त्यसैगरी, त्रिविले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी परीक्षा दिएको खण्डमा नतिजा रद्द गर्ने निर्णय पनि लिएको छ ।
सूचना प्रविधिको तीव्रतर प्रयाेगलाई मध्यनजर गर्दै त्रिविले परीक्षामा एआईकाे प्रयोगलाई निरूत्साहित गर्न यस्ताे कदम उठाएकाे हाे ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित



प्रतिक्रिया