छोराको कुटपिटबाट सिराहामा बावु मृत्यु

काठमाडौं । सिराहामा आफ्नै छोराबुहारीको कुटपिटबाट बाबुको ज्यान गएको छ । जिल्लाको औरही गाउँपालिका–३, खजनपुर टोलका ६५ वर्षीय भालेश्वर यादवको छोरा शैलेन्द्रकुमार र बुहारी रेणुकुमारीको कुटपिटबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिराहाका अनुसार, घरायसी विवादमा छोराबुहारीले सोमबार बावुमाथि कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए । प्रादेशिक अस्पताल सिराहामा प्राथमिक उपचारपछि नोबेल अस्पताल, विराटनगरतर्फ लगिएकोमा उनको बाटैमा मृत्यु भएको हो ।
घटनालगत्तै प्रहरीले शैलेन्द्रलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
मृतक भालेश्वरको शव पोस्टमार्टमपछि अर्का छोरा रामप्रतापको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया