छोराको कुटपिटबाट सिराहामा बावु मृत्यु
काठमाडौं । सिराहामा आफ्नै छोराबुहारीको कुटपिटबाट बाबुको ज्यान गएको छ । जिल्लाको औरही गाउँपालिका–३, खजनपुर टोलका ६५ वर्षीय भालेश्वर यादवको छोरा शैलेन्द्रकुमार र बुहारी रेणुकुमारीको कुटपिटबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिराहाका अनुसार, घरायसी विवादमा छोराबुहारीले सोमबार बावुमाथि कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए । प्रादेशिक अस्पताल सिराहामा प्राथमिक उपचारपछि नोबेल अस्पताल, विराटनगरतर्फ लगिएकोमा उनको बाटैमा मृत्यु भएको हो ।
घटनालगत्तै प्रहरीले शैलेन्द्रलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
मृतक भालेश्वरको शव पोस्टमार्टमपछि अर्का छोरा रामप्रतापको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया