एनआईसी एशिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट पाउने
काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् । छुटसम्बन्धमा बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक (Marketing Sales/Ground Handling) रुपेश जोशीले हस्ताक्षर गरे।
सम्झौता बमोजिम बैंकका ग्राहकले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहकलाई विशेष गरी आउदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ । साथै, ग्राहकका लागि ल्याइएको यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवर्द्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने समेत बैंकले विश्वास लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया