प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छ : मुख्यमन्त्री शाही
कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताएका छ । नयाँ वर्ष २०७९ का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात् बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताएका हुन् ।
मुख्यमन्त्री शाहीले विसं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख गने । यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गरेर महत्वपूर्ण कामको सुरुआत गरेको उनको भनाइ छ । सन्देशमा भनिएको छ, “सडक पूर्वाधारबिना कर्णालीमा विकास र समृद्धि सम्भव छैन, प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको पूर्वाधार निर्माणसँगै कर्णाली करिडोरको स्तरोन्नतिमा पहल गरिरहेको छ । ‘चुल्होको सरकार’ स्थानीय तह, ‘देखिने सरकार’ प्रदेश सरकार र ‘सुनिने सरकार’ सङ्घीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई कर्णाली प्रदेश सरकारले महत्व दिएको छ ।”
सो सन्देशमा मुख्यमन्त्री शाहीले नयाँ वर्षको शुभारम्भसँगै सबैले समयको महत्व बुझेर प्रदेशको विकासमा योगदान पु¥याउन पनि आग्रह गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया