जुम्लामा नूनको अभाव छैन : साल्ट ट्रेडिङ
जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात रहेको छ । दसैतिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिए ।
जिल्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नून मौज्दात रहेको उनले बताए । यहाँस्थित डिपोमा अहिले एक हजार १६० क्विन्टल नून मौज्दात रहेको जनाइएको छ । यही असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिकासहित पातारासीका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नून वितरण गरिएको छ ।
प्रमुख थापाले भने, “सिंजाको नराकोट डिपोबाट हिमा र सिंजा गाउँपालिका र गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नून वितरण गरिएको छ । यस आर्थिक वर्षमा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार क्विन्टल नूनको कोटा रहेको छ । जिल्लामा नूनको अभाव हुनेछैन ।”
वडाबाटै नून वितरण गर्न आवश्यक व्यवस्था मिलाइएको छ । कार्यालयले सिंजाको नराकोट डिपो, कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपो र सदरमुकामस्थित खलङ्गा बजारको कार्यालयबाट नून वितरण गर्दै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया