त्रिभुवन विमानस्थल वरपर चङ्गा र ड्रोन उडाउन निषेध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने आसपासको क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन निषेध गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चङ्गा, ड्रोन तथा बेलुन उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै त्यस्ता गतिविधिमा रोक लगाएको हो ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उठान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न, नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ कार्यालयद्वारा बिहीबार जारी सूचनामा भनिएको छ ।
कार्यालयले सूचनाको उल्लंघन गरी कसैले यस्ता गतिविधि गरेमा कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
काठमाडौं उपत्यकामा दसैँको समयमा चङ्गा उडाउने प्रचलन पुरानो हो । तर पछिल्ला वर्षहरूमा यस्तो प्रचलन विस्तारै हराउँदै गएको छ ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया