सेबोन अध्यक्षका लागि ‘सर्ट लिस्ट’ मा परेका तीन जनालाई अन्तरवार्ताका लागि आह्वान
काठमाडाैं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने आवेदकहरुमध्ये ‘सर्ट लिस्ट’ मा समावेश भएका तीन जनालाई अन्तरवार्ता र व्यवसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वातको लागि बोलाएको छ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिको असोज ९ गतेको निर्णय अनुसार आवेदकहरुमध्ये ‘सर्ट लिस्ट’ मा समावेश भएका तीन जनालाई अन्तर्वातको लागि बोलाएको हो।
सर्ट लिस्टेड’ उम्मेद्वारहरुलाई असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालय, सिंहदरबारमा बोलाइएको छ ।
‘सर्ट लिस्टेड’ उम्मेद्वारहरूमा कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया