कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा अमात्यको पून्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना
काठमाडाैं । नेपाली कांग्रेस ललितपुरका पुर्व जिल्ला कोषाध्यक्ष, पुर्व महाधिबेशन प्रतिनिधि श्रीकेदार बहादुर अमात्यको निधन भएको १३ओै दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
स्व. केदार बहादुर अमात्यले नेपाली कांग्रेसप्रति पुर्याएका योगदानको चर्चा गर्दै भावपुर्ण शब्द श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली कार्यक्रम ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
श्रद्धाञ्जली अर्पण कार्यक्रम स्व. केदारबहादुर अमात्यका परिवारसहित केन्द्रीय सदस्य जितजङ् बस्नेत,केन्द्रीय सदस्य धना खतिवडा, पुर्व जिल्ला सभापति, नेपाली कांग्रेस बागमति प्रदेशका उपसभापति, संविधान सभाका सदस्य चन्द्र महर्जन, पुर्ब जिल्ला सभापति सागर शमशेर राणा, रुद्र शर्मा, पुर्व आमन्त्रित केन्द्रीय सदस्य कवेल बहादुरलामालगायतको उपस्थिति थियो ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया