जेबिएनएल सेक्यूरिटिज ग्लोबल आईएमई सेक्यूरिटिजमा परिवर्तन हुँदै
काठमाडाैं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति/पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।
साथै कम्पनीको नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरिएको छ।
सभामा कम्पनीको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि बिश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनिका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया