NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाडौं । व्यवसायीहरुले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । केही दिन अगाडि भए भएको  अविरल  वर्षाकाका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि टिकट बन्द गर्न लागेको हो ।

सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको महासंघले जनाएको छ ।

अग्रिम टिकट बन्द हुन लागेपछि छलफलका लागि यातायात व्यवस्था विभागले दिउँसो ३ बजे बैठक डाकेको छ। बैठकमा यातायात श्रमिक र व्यवसायीहरूलाई पनि बोलाइएको छ।

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष