दुर्गा प्रसाईलाई पाँच वर्ष कैद सजाय माग, एक लाख धरौटीमा छुटे
काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं एक लाख रुपैयाँ धरौटीमा छुटेका छन्। जिल्ला अदालतको आदेशमा उनी मंगलबार छुटेका हुन् ।
प्रहरीले पाँच वर्षसम्म कैद सजाय माग गरी उनीविरुद्ध केही विद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको थियो।
उनीविरुद्ध दुईवटा मुद्दा दायर भएकोमा ५०–५० हजार रुपैयाँ धरौटी माग भएको हो। अदालतको आदेशअनुसार धरौटी बुझाएर उनी छुटेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए।
धरौटीमा छुटेपछि प्रसाईले आफु अब राजनीतिमा आएको र प्रधानमन्त्री बन्ने बताएका छन् ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया