मालपोत हाकिमले पटक- पटक घुस लिएको प्रमाण सार्वजनिक

बैतडी । जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले सेवाग्राहीबाट पटक पटक घुस लिएको प्रमाण सार्वजनिक भएको छ ।
मालपोत प्रमुख अशोक सार्कीले छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको हो ।
उनले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ ।
कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट २०८१ वैशाख ३० गते पाँच हजार, साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय, भदौ १७ गते २० हजार र असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको पीडितको आरोप छ ।
कार्यालय प्रमुखले पटक पटक घुस लिएको अडिओ–भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको सेवाग्राही नरबहादुर विष्टले बताए । घुस लिएको भिडिओका विषयमा कार्यालय प्रमुख सार्कीले सेवाग्राही आफैले टेबुलमा पैसा राखिदिएको दाबी गरे । घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया