उपमेयरमा सिफारिस भइन् मनमोहनकी बुहारी
काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ । आकांक्षी धेरै भएपछि मेयरमा पाँच र उपमेयरमा चार जनाको नाम नगर कमिटीले सिफारिस गरेको हो ।
उपमेयरमा एमालेका दिवंगत नेता मनमोहन अधिकारीकी बुहारीसमेत यस पटक सिफारिस भएकी छन् । एमाले नगर कमिटीले रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेसहित मनमोहनकी बुहारी शान्ति अधिकारीको नाम पनि सिफारिस गरेको हो ।
नेपालको राजनीतिमा नेताका परिवारले अवसर नै अवसर पाउने गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी अहिले देशको राष्ट्रपति नै छिन् । मनमोहन सम्मानित नेता भए पनि उनको परिवारका सदस्यले भने खासै अवसर पाउन सकेका छैनन् ।
राजनीतिबाट टाढै बस्न रुचाउने मनमोहनपुत्र प्रकाश त्रिभुवन विश्वविद्यालयको प्राध्यापनमै रमाइरहेका छन् । बुहारी शान्ति भने एमालेमा लामो समयदेखि क्रियाशील छिन् । तर उनी अवसरबाट वञ्चित रहँदै आएकी छन् । गत स्थानीय तह निर्वाचनमा नै उनले काठमाडौं महानगरपालिकामा रुचि देखाएकी थिइन् । तर चयन हुन सकिनन् । यस पटक भने उनको नाम सर्ट लिस्टिङमा परेको छ ।
अब केन्द्रीय कमिटीले यसबारे निर्णय लिनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया