टोखा–छहरे सडकमा सवारी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
काठमाडौं । टोखा–छहरे सडक खण्डमा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते छन् ।
काठमाडौंबाट लमजुङका लागि हिँडेको बा १४ च ३८५५ को हायलक्स गाडी बिहान ८ बजे नुवाकोटको काफलडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा चालकको ज्यान गए पनि परिचय खुल्न बाँकी छ । दुर्घटनामा दुई जना घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर छ ।
६ जना सवार रहेको गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।
असोज १० र ११ गतेको अविरल वर्षाले पृथ्वी राजमार्गको यात्रा कष्टपूर्ण बनेपछि टोखा–छहरे सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ । उक्त गाडीले पनि नुवाकोटको मार्ग हुँदै शनिबार बिहान लमजुङको गन्तव्य समातेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया