काठमाडौंको सीतापाइलामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सितापाइला सोल्टी दोबाटो चोकमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार रहेको प्रहरीले जनाएको छ ।सोल्टी दोबाटो चोकमा बागमती प्रदेश–०१–००२ ज ६७७० नम्बरको इभी गाडीले बा ४४ प ५९०१ नम्बरकोमोटर साइकललाई आइतबार राति ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक परियारलाई स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरीले इभी गाडीका चालकलाई नियन्त्रणमा लिएर मुद्दा प्रक्रिया अघि बढाएको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया