उर्जामन्त्रीद्वारा कुलमानसँग स्पष्टिकरण, कुलमानद्वारा बक्यौता तिर्न उद्यमीलाई ताकेता

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टिकरण सोधेका छन् । खड्काले बुधबार स्पष्टिकरण सोध्दै हटाउन सक्ने चेतावनी समेत दिएका छन् ।
उर्जामन्त्री र कुलमानबीच विभिन्न उद्योगले नेपाल बिद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौताको विषयमा विवाद छ । सरकार बक्यौता मिनाहा गराउने पक्षमा छ भने कुलमान जसरी पनि असुल्ने अभियानमा छन् ।
उता प्राधिकरणले ४९ उद्योगलाई बक्यौता तिर्न फेरि ताकेता गरेका छन् । ८ कात्तिकभित्र बक्यौता नतिरे लाइन काटिने चेतावनी दिइएको छ । यसअघि पनि लाइन काटिएकोमा तीन महिनाको समय दिएर तिर्न भनिएको थियो । उद्योगीहरु सरकारलाई प्रभावमा पारेर बक्यौता मिनाहा गर्ने लबिइङमामा लागेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया