पाकिस्तानलगायत १२ देशका बालबालिकामा कुपोषणको समस्या
एजेन्सी । विश्वका विभिन्न मुलुकका २० लाख बालबालिका कोषको अभावका कारण गम्भीर कुपोषणको जोखिममा रहेको युनिसेफले जनाएको छ ।
युनिसेफका अनुसार पाकिस्तानसहित १२ देशमा जीवन रक्षाका लागि कोषको अभावका कारण बालबालिकाले मृत्युको उच्च जोखिमको सामना गरिरहेका छन् । सन् २०२५ को मध्यसम्ममा प्रभावित देशको खाद्यान्न समाप्त हुन सक्ने चेतावनीसमेत युनिसेफले दिएको छ ।
तयारी अवस्थामा रहेको खानाका लागि कोषको अभावले प्रभावित देशमा बालबालिका उपचारको जोखिममा परेको अनुमान गरिएको छ । माली, नाइजेरिया, नाइजर र चाड लगायतका देशले यसअघि नै तयारी अवस्थामा रहेको खानाका लागि भण्डारण सकिएको बताएका छन् ।
क्यामरुन, पाकिस्तान, सुडान, मेडागास्कर, दक्षिण सुडान, केन्या, कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगान्डामा सन् २०२५ को मध्यसम्ममा स्टक समाप्त हुन सक्ने युनिसेफले जनाएको छ । आर्थिक मन्दी र जलवायु परिवर्तनका कारण धेरै देशहरूमा पाँच वर्ष मुनिका बालबालिकामा गम्भीर कुपोषणको समस्या बढेको छ ।
युनिसेफका अनुसार पौष्टिक र सुरक्षित खानाको अभाव र बारम्बार रोगको कारणले हुने खतराबाट पीडित बच्चामा दुब्लो पातलो र प्रतिरक्षा प्रणाली कमजोर हुनाले वृद्धिमा कमी हुनुका साथै मृत्युको जोखिम हुने गर्छ ।
युनिसेफका बाल पोषण तथा विकास निर्देशक भिक्टर एगुयोले गम्भीर कुपोषणविरुद्ध सङ्घर्ष गरिरहेका करिब २० लाख बालबालिकाको ज्यान बचाउन तत्काल कदम चाल्न आह्वान गरेका छन् ।
विगत दुई वर्षमा विश्वव्यापी द्वन्द्व, जलवायु र आर्थिकमन्दीको परिणामस्वरूप मातृ तथा बाल पोषणबाट प्रभावित देशहरूमा बाल कुपोषण र यससँग सम्बन्धित मृत्यु दरलाई नियन्त्रण गर्न पोषण कार्यक्रमको मापनलाई अनुमति दिएको एगुयोले बताएका छन् ।
यस मुद्दालाई सम्बोधन गरी बालबालिकाको ज्यान बचाउन आहार, उपचार र हेरचाह कोषका लागि नविकरण गरिएको युनिसेफले जनाएको छ । ‘नो टाइम टु वेस्ट २०२४ अपडेट एन्ड कल टु अर्जेन्ट एक्सन’ मा १६ करोड ५० लाख अमेरिकी डलर सहयोगको आह्वान गरिएको छ ।
यसअघि पनि सन् २०२२ मा युनिसेफले १५ वटा प्रभावित देशमा करिब ८० लाख बालबालिकामा कुपोषणलाई सम्बोधन गर्ने उद्देश्यले ‘नो टाइम टु वेस्ट एक्सेलेरेसन प्लान’ सुरु गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया