झिनो अंकले बढ्यो नेप्से
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ४७ अङ्कले उकालो लागेर दुई हजार सात सय ४५ दशमलव ३६ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३१ अङ्कले उकालो लागेर चार सय (५ दशमलव ३) मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल एक करोड ८८ लाख सात हजार चार सय ९२ कित्ता शेयर रु सात अर्ब १९ करोड २७ लाख ९२ हजार एक सय ६६ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार, गुडविल फाइनान्स सात दशमलव ६३, एनआइसी एशिया सेलेक्ट फण्ड छ दशमलव १९, सनराइज ब्ल्यूचिप फण्ड छ दशमलव १४, समाज लघुवित्त पाँच दशमलव १२ र रावा इनर्जीका लगानीकर्ताले पाँच दशमलव १२ प्रतिशतले कमाएका छन् ।
यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव १९, मिड सोलु हाइड्रोपावर पाँच दशमलव शुन्य तीन, सामुदायिक लघुवित्त चार दशमलव ४७, नेपाल एसबिआई बैंकको ऋणपत्र तीन दशमलव ८८ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया