NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

रविलाई पोखरा पु–याइयो, भोलि अदालतमा उपस्थित गराइने

काठमाडौं । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पु–याइएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा पु–याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय, कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष