NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

एक खेलअगावै नेपालले जित्यो सिरिज

काठमाडौं । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेलअगावै पोल्टामा पारेको छ ।

पहिलो खेल १७ रनले पक्षमा पारेको नेपालले आइतबार बिहान सम्पन्न खेलमा रोमाञ्चक जित निकालेपछि एक खेल अगावै सिरिज जितेको हो ।

पहिला ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको अविजित ९२ रनको मद्दतमा अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो । अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेकोमा नेपालले रोमाञ्चक जित निकालेको हो ।

निर्धारित ओभरमा बराबरी भएपछि अमेरिकाले पहिले ब्याटिङ गरेकोमा दुई विकेट गुमाएर मात्र २ रन जोड्न सक्यो । यसक्रममा सोमपालले उत्कृष्ट बलिङ गर्दै २ विकेट झारे ।

त्यसपछि कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले सुपर ३ रन बनाउँदै सुपर ओभरमा नेपाललाई रोमाञ्चक जित दिलाए ।

 

ताजा अपडेट

नेपालवाच विशेष