अर्थमन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने बताएका छन्।
अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उनले मन्त्रालयले थप पुँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताए।
अर्थमन्त्री पौडेलले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सार्मथ्य लगाउन सरोकार भएका सबैलाई निर्देशन दिए। राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा सकारात्मक प्रभाव पर्ने बताए । बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया