राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ को लागि आवेदन खुला

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा प्रविधि पुरस्कारको आवेदन खुला गरिएको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गदै आवेदन खुलाएको हो ।
नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनको लागि सरकारले हरेक वर्ष मे दुईलाई राष्ट्रिय सूचना तथा प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ । उक्त दिवसको अवसरमा नेपालको सूचना तथा प्रविधिका विशेष योगदान दिने व्यक्ति तथा संघसंस्थामध्ये उत्कृष्ट विभिन्न विधामा मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको २०२२ प्रदान कार्यक्रम गर्ने भएको छ ।
मन्त्रालयले इच्छुक सार्वजनिक संस्था, कार्यालय, कम्पनी तथा व्यक्तिलाई आवेदन दिन आव्हान गरेको छ । मन्त्रालयका अनुसार आवेदन फारम वैशाख आठ गते बेलुका पाँच बजेसम्म दिन सकिने छ ।
मन्त्रालयले नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२, नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ (महिला), नेशनल आइसिटी इनोभेसन अवार्ड २०२२, नेशनल आइसिटी अवार्ड २०२२ (पब्लिक सेक्टर) र नेशनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) विधामा पुरुस्कार प्रदान गर्न लागेको हो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया