अल्मुताइरीको स्पष्टोक्ति : नेपालको हैसियत एसियन कपमा छनोट हुने बनिसकेको छैन
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको हैसियन एएफसी एसियन कपमा छनोट हुने बनिनसकेको बताएका छन् ।
एसियन छनोटकाे प्रशिक्षण दौरान आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले अहिल्यै एसियन कप खेल्ने सपना देखिहाल्नु हतारो हुने बताए ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुताइरीले अहिलेकै अवस्थामा नेपाललाई एसियन कपमा छनोट हुन गाह्रो हुने स्पष्ट पारे ।
यद्यपि, नेपाली टोलीले छनोटका लागि कडा प्रतिस्पर्धा भने गर्ने उनले जिकिर गरे ।
‘यो सत्य हो कि, हामी एसिया कप छनोट हुन सक्दैनौं । यसका लागि हाम्रो स्थर धेरै पछि छ’, उनले भने, सपना देख्न पाइन्छ, तर त्यो निकै गाह्रो सपना हो भन्ने बुझ्नुपर्छ ।’
प्रशिक्षक अल्मुताइरीले एसियन कपमा छनोट हुने हैसियत बनाउन नेपालले तल्लो स्तरबाटै राम्रो सुरुवात गर्नुपर्ने धारणा राखे ।
एसियन कप छनोटका लागि नेपाली टोलीले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । बन्द प्रशिक्षण २५ जना खेलाडी समावेश छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया