तुलसीपुर उपमहानगरपालिकाले उठायो ६ करोड राजश्व
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु ६ करोड राजश्व सङ्कलन गरेको छ ।
चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिइन् । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा रु तीन करोड ५० लाख मात्र राजश्व सङ्कलन भएको थियो ।
“चालु आवमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको छ”, प्रमुख घर्तीले बताइन् । राजश्व चुहावट रोक्नुका साथै सरसफाई, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ । उल्लेख्य रुपमा राजश्व संकलन भएको छ ।”
चालु आवमा रु ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताइन् । गत आवमा रु ३६ करोड राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया