गाउँपालिका अध्यक्षसहित १४ जनाविरूद्ध ५४ लाख १८ हजार भ्रष्टचार मुद्दा दायर
काठमाडाैं । राजस्व चुहावट गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित १४ जना उपर आरोपपत्र दायर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध ५४ लाख १८ हजार ५६६ रूपैयाँसहित विशेष अदालत काठमाडाैंमा आरोपत्र दायर गरेको हो ।
मोहन्याल गाउँपालिका, कैलालीका अध्यक्ष स्वर्गीय नवल सिहं रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना तथा एक निर्माण कम्पनी उपर अख्तियारले आज अदालतमा आरोपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
मोहन्याल गाउँपालिका भएर बग्ने नदीजन्य पदार्थको विक्री कर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारवीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी परेको थियो ।
उक्त उजुरअनुसार अनुसन्धान हुँदा उनीहरूले गाउँपालिका कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि करबापतको रकम गरी जम्मा ५४ लाख १८ हजार ५६८ रूपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरूकाे उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क०)र दफा १७ बमोजिमको हुँदा सोही ऐनको दफा ७ र दफा १७ मुताविक कारबाही हुने छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया