चुनावमा तालमेल गर्नेबारे कसैसँग कुरा चलेको छैन : राजेन्द्र लिङ्देन
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए ।
उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।”
यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए । उनले भने, “केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।”
शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । उनले भने, “कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।”
फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरू पार्टीबाट बाहिरिएको बताए । उनले भने, “ राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरूपार्टीबाट बाहिरिएका छन् ।” देशलाई माया गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उनको तर्क थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया