पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना जारी गर्दै रिक्त पदमा दरखास्त आह्वान गरेको हो ।
कात्तिक २४ गते स्वीकृत पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।
सूचनाअनुुसार, कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा प्रथम पटक सूचना प्रकाशित भएके मितिले १० दिनभित्र आवेदन दिन सकिने छ ।
आवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दिनुपर्नेछ । त्यसैगरी, अनलाइन माध्यमबाट पनि दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू



प्रतिक्रिया