शंकरदेव क्याम्पसको प्रमुखमा आवेदन माग
काठमाडौं । शंकरदेव क्याम्पसको रिक्त क्याम्पस प्रमुख नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, क्याम्पस प्रमुख छनोट समितिले आइतबार एक सूचना प्रकाशित गर्दै नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारलाई सात दिनको समय दिएर रिक्त पदमा दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधर र मापदण्डबमोजिम नियुक्ति प्रक्रिया अघि बढाएको समितिले आवश्यक कागजपत्र र आशयपत्रका छायाप्रति इमेलमार्फत र सक्कलप्रति शिक्षाध्यक्षको कार्यालयमा सिलबन्दी गरी बुझाउन अनुरोध गरेको छ ।
व्यवस्थापन संकाय अध्ययन हुने शंकरदेव क्याम्पसमा केही समयदेखि प्रमुख पद रिक्त रहँदै आएको छ ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू



प्रतिक्रिया