प्रकाश भुजेलको गाडीको ठक्करबाट माओवादी नेताको मृत्यु
काठमाडौं । ‘भाइरल झाँक्री’ प्रकाश भुजेलले चलाएको गाडीले ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । उपचारको क्रममा ग्राण्डी अस्पतालमा बुधबार मृत्यु भएको हो । नगकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् ।
दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटरसाइकलको पछाडि सवार थिइन् । उनको अवस्था गम्भीर छ ।
मंगलबार साँझ शंखरापुर–९ इन्द्रायणीमा उनले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पत्ति गम्भीर घाइते भएका थिए । भुजेलले भने बुधबार प्रहरीमा आत्मसमर्पण गरेका छन् । दुर्घटनापछि उनी फरार भएका थिए । स्थानीयले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया