सेना परिचालन गरेर गैरकानूनी आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानूनी आप्रवासीलाई देश निकाला गर्ने दोहो–याएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमार्फत सेना परिचालन गरेर गैरकानूनी आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका हुन् ।
सीमा सुरक्षाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेर कागजात नभएका आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना परिचालन गर्ने ट्रम्पको भनाइ छ ।
यसअघि आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले बाइडेन प्रशासनका क्रममा बढेका गैरकानूनी आप्रवासीतर्फ लक्षित गर्दै तिनलाई देश निकाला गर्ने तथा मेक्सिकोसँगको सीमालाई व्यवस्थित गर्ने घोषणा गरेका थिए । आगामी जनवरीबाट राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हाल्न गइरहेका ट्रम्पले आफ्नो टिम निर्माणका क्रममा निर्वासन योजनालाई अघि बढाउन कट्टर पन्थीहरूलाई समेटिरहेका छन् ।
अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानूनी रूपमा बसिरहेको अनुमान गरिएको छ । ट्रम्पको निर्वासन योजना कार्यान्वयनमा गएमा करिब २ करोड परिवार प्रभावित हुने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया